भाद्र ९, २०८३ मंगलबार August 25, 2026

आधारशिला कलेजद्वारा आधारशिला शैक्षिक उन्नयन भाग दुई सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको नयाँ बजारमा रहेको आधारशिला कलेजको साहित्य विभागले नियमित काब्य प्रवाह कार्यक्रमको आयोजना गरेको छ । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरुले आफ्नो कृति वाचन गरेका थिए ।

कलेजको साहित्य विभागकी संयोजक कौशिला रिसालको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु मिसन रेग्मी,वैरागी जेठा,उमेश पाण्डे,कल्पना देवकोटा,दुर्गा चालिसे,लगायतका साहित्यकारहरले आफ्नो कृति वाचन गरेका थिए । सो अवसरमा कलेजद्वारा प्रकाशित आधारिला शैक्षिक उन्नयन अंक दुईको पनि विमोचन गरिएको थियो ।

मासिक रुपमा नियमित साहित्यिक गतिविधि गर्दै आएको कलेजले आफ्नो अभियानलाई जिल्ला जिल्ला समेत पुर्याएको छ । कार्यक्रममा कलेजका प्रिन्सिपल समिर सिंहले नेपाली पुर्याएको विकासको लागि कलेजले यस्ता गतिविधि गर्दै आइरहेको जानकारी दिनुभयो ।

उहाले समाजका घटेका द्वन्द्वात्मक घटनालाई सत्य र तथ्यपरक रुपमा सिर्जनको माध्यमबाट प्रस्तुत गर्ने विधा साहित्य भएकाले यसबाट सिंगो समाजको यर्थाथपरक दृष्य देखिने भएकाले यो सत्यमा आधारिक हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कलेजका अध्यक्ष भोला ढकाल, प्रवन्ध निर्देशक रमेश पौडेल,पत्रकार शुकदेव दाहाललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार