असोज २४, २०८३ शनिबार October 10, 2026

आधारशिला कलेजद्वारा आधारशिला शैक्षिक उन्नयन भाग दुई सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राजधानीको नयाँ बजारमा रहेको आधारशिला कलेजको साहित्य विभागले नियमित काब्य प्रवाह कार्यक्रमको आयोजना गरेको छ । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरुले आफ्नो कृति वाचन गरेका थिए ।

कलेजको साहित्य विभागकी संयोजक कौशिला रिसालको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु मिसन रेग्मी,वैरागी जेठा,उमेश पाण्डे,कल्पना देवकोटा,दुर्गा चालिसे,लगायतका साहित्यकारहरले आफ्नो कृति वाचन गरेका थिए । सो अवसरमा कलेजद्वारा प्रकाशित आधारिला शैक्षिक उन्नयन अंक दुईको पनि विमोचन गरिएको थियो ।

मासिक रुपमा नियमित साहित्यिक गतिविधि गर्दै आएको कलेजले आफ्नो अभियानलाई जिल्ला जिल्ला समेत पुर्याएको छ । कार्यक्रममा कलेजका प्रिन्सिपल समिर सिंहले नेपाली पुर्याएको विकासको लागि कलेजले यस्ता गतिविधि गर्दै आइरहेको जानकारी दिनुभयो ।

उहाले समाजका घटेका द्वन्द्वात्मक घटनालाई सत्य र तथ्यपरक रुपमा सिर्जनको माध्यमबाट प्रस्तुत गर्ने विधा साहित्य भएकाले यसबाट सिंगो समाजको यर्थाथपरक दृष्य देखिने भएकाले यो सत्यमा आधारिक हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कलेजका अध्यक्ष भोला ढकाल, प्रवन्ध निर्देशक रमेश पौडेल,पत्रकार शुकदेव दाहाललगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार