वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी । बर्दिवासमा लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक गरिएका छन् । शनिबार अबेर राति बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेका बेला पक्राउ परेका तीन जनालाई आइतबार इलाका प्रहरी कार्यालय बर्दिवासले उनीहरुका साथबाट बरामद दुई किलोग्राम अफिम र एक मोटरसाइकलसहित सञ्चारकर्मीबीच सार्वजनिक गरेको हो ।

शनिबार राति अफिमको मोलमोलाई गरिरहेका बेला इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तामाङ र दुर्गाबहादुर तामाङ एवं सिरहाको सिरहा नगरपालिका–५ का धनपत यादव रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिएका छन । उनीहरुका साथबाट ना४०प ६१५७ नंको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको सुराकी र पिछा गर्दै गरेको प्रहरी टोलीले बर्दिवासमा यिनीहरुलाई फेला पारेको हो । पक्राउ परेका तीनै जनालाई दशीप्रमाणसहित जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक चापागाईले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार