श्रावण २४, २०८३ आइतबार August 9, 2026

लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी । बर्दिवासमा लागुऔषध अफिमसहित पक्राउ परेका तीन जना सार्वजनिक गरिएका छन् । शनिबार अबेर राति बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेका बेला पक्राउ परेका तीन जनालाई आइतबार इलाका प्रहरी कार्यालय बर्दिवासले उनीहरुका साथबाट बरामद दुई किलोग्राम अफिम र एक मोटरसाइकलसहित सञ्चारकर्मीबीच सार्वजनिक गरेको हो ।

शनिबार राति अफिमको मोलमोलाई गरिरहेका बेला इलाका प्रहरी कार्यालय र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तामाङ र दुर्गाबहादुर तामाङ एवं सिरहाको सिरहा नगरपालिका–५ का धनपत यादव रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिएका छन । उनीहरुका साथबाट ना४०प ६१५७ नंको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको सुराकी र पिछा गर्दै गरेको प्रहरी टोलीले बर्दिवासमा यिनीहरुलाई फेला पारेको हो । पक्राउ परेका तीनै जनालाई दशीप्रमाणसहित जिल्ला अदालतमा उपस्थित गराइ अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक चापागाईले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार