असार २०, २०८२ शुक्रबार July 4, 2025

उद्योगमन्त्री भट्टले आफ्नो स्वामित्वमा रहेको सैपाल ग्याँस उद्योग बेचेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्याँस प्रालि बिक्री भएको खुलेको छ । आयल निगमबाट करिब ३ महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको सैपाल ग्याँस बिक्री गरिएको हो ।

मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट अध्यक्ष रहेको प्रालिमा गोपालबहादुर शाही, मानबहादुर शाही, दिनेश साह र सिद्धराज ओझा सञ्चालक रहेका छन् । उक्त ग्याँस कम्पनी एभरेस्ट ग्रुपले किनेको हो ।

१८ करोड रुपैयाँमा सैपाल ग्याँस किनिएको ग्रुपका सञ्चालक शिवप्रसाद घिमिरेले जानकारी दिए । ‘मन्त्रीज्यू सिधै सञ्चालक होइन । उहाँको म्याडम ग्यासको अध्यक्षसहित ५ जना सञ्चालक हुनुहुन्छ,’ एलपी ग्यास उद्योग संघका निर्वमान अध्यक्ष रहेका घिमिरेले भने, ‘एनसीसी बैंकमा सैपालको करिब ९ करोड ऋण थियो । मार्केटमा सहित करिब १२ करोड थियो । उद्योग १८ करोड रुपैयाँमा बिक्री गर्ने डिल भयो ।’

आयल निगम स्रोतका अनुसार सैपाल ग्यासमा मन्त्रीको करिब ३० प्रतिशत सेयर छ । उद्योग सन्चालनको क्रममा लागत नै बढी भएपछि करिब ३ महिना अघिदेखि नै बिक्री गर्ने मनस्थिति बनाएको थियो । गत शुक्रबार बिक्री नै गरेको हो ।

‘प्रोजेक्ट लागत बढी थियो । ग्यास उद्योग करिब १२ करोड रुपैयाँमा खोल्न सकिन्छ । तर लगानी करिब १६ करोड पुग्यो,’ निगमका ती अधिकारीले भने, ‘व्यापार गर्न सजिलो छैन । ऋण बढी भएपछि बाध्य भएर बिक्री गरेको देखिन्छ ।’ निगमका अनुसार सुरुवाती चरणमा उद्योगलाई महिनामा १० हजार टनको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) दिइएको छ । त्यसपछि मागअनुसार उपलब्ध हुने जनाइएको छ ।

ग्याँस उद्योग सञ्चालनका लागि उद्योग विभागमा दर्ता भएपछि निगमले पनि निरीक्षण गर्छ । सम्पूर्ण मापदण्ड पूरा गरेपछि निगमले सञ्लालन गर्न स्वीकृति दिन्छ । ‘करिब ३ महिनाअघि पीडीओ दिएका थियौं,’ निगमका ग्यास विभाग प्रमुख दिपक बरालले भने ।

सैपाल ग्यासको प्लान्ट कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा छ । २ बिघा ३ कट्टामा रहेको उद्योग चार वर्षअघि निर्माण भएको हो । ग्यास आपूर्तिका लागि करिब ३ महिनाअघि उद्योगले स्वीकृति पाएको हो । ‘स्वीकृति पाए पनि सञ्चालनमा आइसकेको थिएन । ग्यास उद्योग चलाउन प्रस्ताव आयो,’ घिमिरेले भने, ‘सुदूरपश्चिममा सैपालसहित २ वटा मात्रै ग्यास प्लान्ट छन् । सम्भावना देखेर खरिद गर्‍यौं ।’ प्लान्ट परीक्षणको काम सकिएकाले एक दुई साताभित्रै ग्यास बजारमा ल्याइने उनले बताए । घिमिरेले सैपालभन्दा ६ किलोमिटर टाढा कामख्या ग्यासको संरचना बनाइरहेका थिए । सैपाल ग्याँसबाट प्रस्ताव आएपछि लगानी गरेको जनाएको छ ।

निगम स्रोतका अनुसार एभरेस्ट ग्रुप सुदूरपश्चिम जाने भनेपछि सैपालका सन्चालकहरु पछि हटेका हुन् । प्रतिप्रस्पर्धा गर्न नसक्ने डरले बिक्री भएको ती अधिकारीको भनाइ छ । निगमका अनुसार एउटा ग्यास कम्पनीले वार्षिक ३/४ करोड रुपैयाँभन्दा बढी कमाई गर्दैन । मासिक करिब २ लाख सिलिन्डर बिक्री हुन्छ । एउटा सिलिन्डरमा करिब २० रुपैयाँ नाफा हुन्छ । ‘कर्मचारीको तलब, बैकको ब्याज, प्रशासनिक खर्च सबै जोड्दा नयाँ उद्योगलाई ग्राहै छ,’ ती अधिकारीले भने ।’

सैपाल खरिदपश्चात एभरेस्ट ग्रुपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्व प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेस्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग छ । बरालका अनुसार हाल मुलुकभर करिब ६० ग्यास उद्योग छन् ।

२०७४ यता नयाँ उद्योगका लागि सञ्चालन अनुमति बन्द गरिएको छ । सैपालले उद्योग विभागमा २०७३ मा स्वीकृत लिएको बरालले बताए । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार