वैशाख १८, २०८१ मंगलबार April 30, 2024

गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ

समातिएका २ जनालाई ५ दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाउदै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज  । बाँकेमा गैरकानुनी मुद्रा विनिमय र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सी हुनेबारे गोप्य सूचना पाएको बाँके प्रहरीले खोजतलास गर्ने क्रममा नेपालगञ्ज २० का अमृतकुमार बर्मा रजानकी गाउँपालिका १ का रियाज खाँलाई नेपालगञ्ज १८ स्थित भाटभटेनी नजिकबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रवक्ता डाँगीका अनुसार पक्राउ परेका उनीहरुले Binance र Bitgate मार्फत USDT (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गर्दै सो बापत दैनिक १ करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको पाइएको हो ।

बर्मा र खाँले नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिन आएको बाँके प्रहरीले जानकारी दिएको छ । उनीहरूको ५ दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाएको   प्रवक्ता डाँगीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार