भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले मंगल ग्रहबाट पृथ्वीमा मूल्यवान नमूनाहरू (सेम्पल) फिर्ता गर्न नवीन डिजाइनहरू खोजिरहेको छ ।

मंगल ग्रहबाट नमूना फिर्ता विगत दुई दशकदेखि अन्तर्राष्ट्रिय ग्रह अन्वेषणको दीर्घकालीन लक्ष्य हो । सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेदेखि नै नासाको ‘पर्सेभेरेन्स रोभर’ (नासाको चलिरहेको मंगल सन् २०२२ मिशनको एक भाग को रूपमा मंगल ग्रह मा अवतरण गर्नका लागि नवीनतम रोबोटिक अन्वेषक)ले पछिको सङ्कलन र पृथ्वीमा फर्किनका लागि नमूना सङ्कलन गरिरहेको छ ।

हालको ‘मिसन डिजाइन’ले सन् २०४० सम्ममा सबै नमूनाहरू फिर्ता गर्ने नासाले जनाएको छ । नासाले कम लागतमा मुख्य नमूनाहरू पृथ्वीमा फर्काउने महत्वाकांक्षी लक्ष्य हासिल गर्न र प्रविधिको लाभ उठाउने योजनाको विकासमा काम गर्न आग्रह गरिरहेको छ ।

NASA Seeks 'Hail Mary' for Mars Sample Return Mission - The New York Times

नासाले चाँडै नै उद्योगबाट वास्तुकला प्रस्तावहरू माग गर्ने बताएको छ, जसले सन् २०३० सम्ममा नमूनाहरू फिर्ता गर्न सक्नेछ । यसले लागत, जोखिम र मिसनको जटिलता कम गर्छ ।

नासाका प्रशासक बिल नेल्सनले सुरक्षित अवतरण र नमूनाहरू सङ्कलन र अर्को ग्रहबाट नमूनाहरू लिएर रकेट प्रक्षेपण गर्ने सानो काम नभएको बताउँदै आफूरुले अगाडिको बाटो खोज्न नयाँ विकल्प सोच्नुपर्छ भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया