बैसाख २६, २०८३ शनिबार May 9, 2026

आइसीटी अवार्ड-२०२० को अनलाइन नोमिनेसन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सूचना प्रविधि क्षेत्रको ‘आइसिटी अवार्ड’को पाँचौं संस्करणको अनलाइन नोमिनेशन सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६सम्म खुल्ला गरिएको छ ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ ।

अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने कुरा भएको छ । यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् ।

स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।

गतवर्ष स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेपालले प्राप्त गरेको थियो भने प्रडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले प्राप्त गरेको थियो । स्टुडेन्ट राइजिङ अवार्ड रक्तदान प्रोजेक्टले प्राप्त गरेको थियो ।

यसैगरी पायोनियर अवार्ड महावीर पुन, नेपाली डायस्पोरा अवार्ड डा. समीर मास्के र आन्टरप्रेनर्स अवार्ड अमित अग्रवालले प्राप्त गर्नुभएको थियो । डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोग र डिजिटल एजुकेशन अवार्ड नेपाल खुल्ला विश्वविद्यालयले प्राप्त गरेका थिए ।

पब्लिक च्वाइस अवार्ड किताबयात्राले प्राप्त गरेको थियो भने मिडिया पर्सन आइसिटी अवार्ड विजय तिमल्सिनाले प्राप्त गनुभएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ ।

छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन हुनेछ ।

निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र प्रतिष्ठित बनाउने हाम्रो तयारी हुनेछ । यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुनेछ ।

अवार्ड विजेताहरुलाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरुलाई गतवर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइटमा गएर सम्बन्धित विधा -क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।

कसले कुन विधामा दिने आइसिटी अवार्ड २०२० को आवेदन ?

१. आइसिटी स्टार्टअप अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाइ प्रवर्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुन अनुसार कम्पनी दर्ता भएर संचालनमा रहेको हुनुपर्नेछ ।

यस विधामा बिगत ३ वर्ष (आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७) को अवधिमा दर्ता भएका कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।

२. आइसिटी प्रडक्ट अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समुह  वा व्यक्तिले विकास गरेको आइटी प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।

२०७६ वैशाखदेखि २०७६ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।

३. राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा बिश्वबिध्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश गर्न सकिन्छ ।

४. इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड

कोभिड – १९ महामारी द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन गर्न सकिनेछ । संकट समाधानमा इन्नोभेसन र प्रविधिको महत्वलाई दर्शाउने गरी विकास भएका यस्ता विभिन्न एप्लिकेशन, सˆटवेयर, हार्डवेयर, रोबोटजस्ता प्रविधिहरू यस विधाको लागि योग्य मानिनेछन् ।

यस विधामा नोमिनेशन (आबेदन) दिनको लागि माघ २०७६ देखि आबेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरु हुनुपर्नेछ ।

५. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो समयसम्म योगदान दिएका विशिष्ट व्यक्तिलाइ दिइनेछ ।

यो अवार्डमा सूचना प्रविधि क्षेत्रमा विगत १५ वर्षदेखि योगदान दिइरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले पनि सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन (आबेदन) दिन सकिनेछ ।

६. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ  । यस विधामा विदेशमा रहेर पनि सूचना प्रविधि क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूले आबेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन (आबेदन) दिन सकिनेछ ।

७. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।

यस विधामा नोमिनेशन दर्ता गर्न सूचना प्रविधिको क्षेत्रको उद्यमीको रुपमा कम्तिमा ५ बर्षदेखि क्रियाशील रहेको हुनुपर्नेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन (आवेदन) दिन सकिनेछ ।

८. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । आइटी क्षेत्रमा क्रियाशील महिला (उद्यमी, लिडर, म्यानेजर, इन्नोभेटर)हरूले यसमा आवेदन दिन सक्नुहुनेछ ।

यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन (आवेदन) दिन सकिनेछ ।

८. मिडिया पर्सन आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मुख्य बिट बनाएर समाचार रिपोर्टिङ, सम्प्रेषण, प्रकाशनमा क्रियाशील पत्रकारलाई दिइनेछ ।

कम्तीमा ३ वर्षको अनुभव भएका पत्रकारहरूले यसमा आवेदन दिन सक्नुहुनेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन (आवेदन) दिन सकिनेछ ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड

डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई  प्रदान गरिन्छ ।

विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहिले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेशन (आवेदन) फाराम बुझाइदिन सकिन्छ ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

सरकारी सेवा सुविधालाई प्रविधिमैत्री बनाउँदै छिटो, सहज र पारदर्शी रूपमा सेवा सञ्चालन गर्ने सरकारी संस्थालाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

नागरिकलाई सेवा दिने सरकारी सस्था, प्राधिकरण, विभाग, स्थानीय निकाय लगायतको प्रतिनिधित्व गर्दै यस विधामा नोमिनेशन दिन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार