भाद्र २८, २०८३ आइतबार September 13, 2026

बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने व्यक्तिले विना कुनै लक्षण पिसिआर परीक्षण गर्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने व्यक्तिले विना कुनै लक्षण पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै १४ दिन होम क्वारेन्टाइनमा भने बसिदिन आग्रह गरेको छ ।

भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाउने गरेका गुनासा आइरहेका वेला मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यका आउने मानिसहरूलाई पिसिआर परीक्षण अनिवार्य चाहिने भन्दै अनावश्यक दबाब नदिन आग्रह गरेका छन । तर, १४ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन । ‘बाहिरबाट आएकाले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्छ । त्यस अवधिमा लक्षण देखिए मात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्छ,’ उनले भने।

घरबेटीले पिसिआर रिपोर्ट लिएर मात्रै आउन भनेपछि पछिल्ला दिन दैनिक हजारको संख्यामा व्यक्तिहरू नमुना परीक्षणका लागि टेकु अस्पताल पुग्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयमार्फत उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्राचार गर्दै स्वास्थ्य मन्त्रालयले गरेको आग्रह पालना गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार