असोज २४, २०८३ शनिबार October 10, 2026

कांग्रेसले महासमिति बैठक भृकुटीमण्डपमा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको मितिसँगै स्थानको पनि तय गरेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुसहितको बैठकले आगामी मंसिर ४–८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

महासमितिबैठक सम्पन्न गर्न तथा त्यसको व्यवस्थापनका लागि तीनै जिल्लाका जिल्ला सभापतिहरुलाईजिम्मेवारी दिइएको छ ।गत वैशाख तथा मंसिरमा सम्पन्न भएको स्थानीय तह,प्रदेश रकेन्द्रको निर्वाचनमा कांग्रेस पराजित भएपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा समेत

बहस भएको थियो । विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज समेत उठेकोथियो । यस्तै मुलुक संघीय संरचना अनुसार अघि बढेको अवस्थामा पार्टीले सो अनुसारको संरचना बनाउन नसकेको गुनासो पनि उत्तिैकै थियो ।

अन्य राजनीतिक दलहरुले संघीयसंरचना अनुसार पार्टीलाई अघि बढाएको भएपनि कांग्रेसले सो अनुसार बनाउन सकेको थिएन।

यस्तै टिकट वितरण समेत केन्द्रबाट नै गरेका कारण पार्टीमा निकै विवाद भएको थियो ।पार्टीभित्रको आन्तरिक अन्र्तरघातका कारण नै कांग्रेसले धेरै स्थानमा हार व्यहोर्नुपरेको थियो । ति सबै मुद्दालाई आत्मसाथ गर्दै कांग्रेसले महासमिति बैठक मार्फत पार्टीलाई क्रियाशिल र

एकढिक्का बनाएर लैजाने तयारी गरेको छ । केही समय अघि बसेको बैठकले पार्टी महामन्त्रीपुर्णबहादुर खड्काको नेतृत्वमा विधान परिमार्जन मस्यौदा समिति समेत बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार