असार ३, २०८३ बुधबार June 17, 2026

कांग्रेसले महासमिति बैठक भृकुटीमण्डपमा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकको मितिसँगै स्थानको पनि तय गरेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुसहितको बैठकले आगामी मंसिर ४–८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

महासमितिबैठक सम्पन्न गर्न तथा त्यसको व्यवस्थापनका लागि तीनै जिल्लाका जिल्ला सभापतिहरुलाईजिम्मेवारी दिइएको छ ।गत वैशाख तथा मंसिरमा सम्पन्न भएको स्थानीय तह,प्रदेश रकेन्द्रको निर्वाचनमा कांग्रेस पराजित भएपछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा समेत

बहस भएको थियो । विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज समेत उठेकोथियो । यस्तै मुलुक संघीय संरचना अनुसार अघि बढेको अवस्थामा पार्टीले सो अनुसारको संरचना बनाउन नसकेको गुनासो पनि उत्तिैकै थियो ।

अन्य राजनीतिक दलहरुले संघीयसंरचना अनुसार पार्टीलाई अघि बढाएको भएपनि कांग्रेसले सो अनुसार बनाउन सकेको थिएन।

यस्तै टिकट वितरण समेत केन्द्रबाट नै गरेका कारण पार्टीमा निकै विवाद भएको थियो ।पार्टीभित्रको आन्तरिक अन्र्तरघातका कारण नै कांग्रेसले धेरै स्थानमा हार व्यहोर्नुपरेको थियो । ति सबै मुद्दालाई आत्मसाथ गर्दै कांग्रेसले महासमिति बैठक मार्फत पार्टीलाई क्रियाशिल र

एकढिक्का बनाएर लैजाने तयारी गरेको छ । केही समय अघि बसेको बैठकले पार्टी महामन्त्रीपुर्णबहादुर खड्काको नेतृत्वमा विधान परिमार्जन मस्यौदा समिति समेत बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार