भाद्र २८, २०८३ आइतबार September 13, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको आइसोलेसन र क्वारेन्टिनमा रहेका व्यक्तिहरुको रेखदेख तथा उपचारमा खटिएका चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. मंगल रावलले बताएका छन ।

कोरोना पुष्टि भएका चारै जना स्वास्थ्यकर्मीलाई आईसोलेसनमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक बाहेक अन्य सबै सेवाहरु अर्को सूचना प्रकाशित नगर्दासम्मका लागि बन्द गरिएको उनले बताएका छन ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार