असार २, २०८३ मंगलबार June 16, 2026

छुरीले जीउमा मसाज गर्ने अनौंठो परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

छुरीले जीउको मसाज गर्ने भन्ने कुरा सुन्दा आङै सिरिङ्ग हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो परम्परा छ, जहाँ छुरीले मसाज गरिन्छ ।

ताइवानमा विगत २ हजार वर्षदेखि छुरीले जीउमा मसाज गर्ने परम्परा चलिरहेको छ । अहिले पनि ताइवानका विभिन्न मसाज पार्लरहरुमा नाइफ थेरापी अर्थात् छुरीको मसाज पनि हुन्छ । छुरीले मसाज गर्ने त्यस्तो परम्परालाई स्थानीय भाषामा डाउलियाओ भनिन्छ ।

छुरीले मसाज गर्ने परम्परा २ हजार वर्षअघि बौद्ध भिक्षुहरुले गरेको इतिहास छ ।

करिब एक हजार वर्षअघि तांग वंशको पालामा जापानमा पनि यस्तो छुरी मसाज निकै प्रचलित बनेको थियो । सन् १९४० को चिनिया गृहयुद्धका समयमा यो परम्परा ताइवान पुगको थियो । अहिले चीन र जापानमा यो परम्परा लगभग लोप भइसक्दा ताइवानमा भने मौलाइरहेको छ । ताइवानको राजधानी ताइपेइमा यो छुरी थेरापी सिकाउनका लागि एक शैक्षिक केन्द्रसमेत खोलिएको छ ।

उक्त तालिम केन्द्रको नाम द एनसिएन्ट आर्ट अफ नाइफ मसाज डाओलियाओ आइ जिंग एजुकेशनल सेन्टर हो । पूरै ताइवानमा यो शैक्षिक केन्द्रका करिब ३६ वटा शाखा छन् । त्यसमध्ये १५ वटा त पछिल्लो पाँच वर्षमै खोलिएको थियो । त्यहाँ विश्वभरका मानिसहरु छुरी मसाजको कला सिक्नका लागि जाने गर्दछन् ।

जीउको दुखाइ तथा घाउचोट ठीक पार्न, निद्रा नलाग्ने समस्याको उपचार गर्न, सरीरको दुखाइको समस्याबाट मुक्ति पाउनका लागि मानिसहरु छुरीको मसाज गर्ने गर्दछन् ।
चिनियाँ औषधि विज्ञानमा जुन प्रकारले एक्युप्रेसर थेरापी गरिन्छ त्यसैगरी छुरी थेरापीमा पनि प्रेसर विन्दुलाई लक्षित गरिन्छ । त्यसलाई क्यू आई डोर्स भनिन्छ ।

नाइफ थेरापीमा केही नियमहरु पालना गर्नु आवश्यक छ । मसाज गरिदिने कामदारको मूड ठीक छैन भने उसलाई छुरी चलाउन दिइँदैन । मुड ठीक नभएको बेला छुरी चलाउँदा मसाज लिने मानिसको सरीरमा नकारात्मक उर्जा प्रवेश गर्ने विश्वास गरिन्छ । छुरी मसाज गर्ने कर्मचारीले सदैव सकारात्मक उर्जासाथ काम गर्नुपर्ने नियम छ । साथै मसाज गर्नेले शुद्ध शाकाहारी भोजन गर्नुपर्दछ ।

छुरीको मसाज गर्न आउने ग्राहकहरुले पार्लरमा आफ्ना बच्चाहरु समेत लिएर आउन पाउँदछन् । बच्चाबच्चीहरु पार्लरमा रहेका काठका टुक्राहरुसँग खेल्न पाउँछन् र स्कुलको तनाव भगाउन सक्दछन् ।

एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार