असोज १४, २०८३ बुधबार September 30, 2026

नाटक ‘अग्निचक्षु’ जेठ १६ देखि शिल्पी थिएटरमा मञ्चन हुने

साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने यो नाटक जीवित देवी कुमारीको विषयमा आधारित छ ।

संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू समेटेर नाटक तयार भएको लेखक चन्द्रप्रसाद पाण्डेय बताउछन् । उनी भन्छन् “ कला र संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । राज्य तथा नारी शक्ति पुञ्जको रूपमा कुमारीलाई सबैले मान्दै आएको परम्परा नेपालको धरोहर सम्पदा हो ।

गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ, त्यसैले पनि संस्कृतिमाथि काम गर्ने क्रममा हामीले यस पटक यो विषयमा नाटक तयार पारेका हौं ।” त्यस्तै नाटकका परिकल्पनाकार तथा निर्देशक झकेन वि सी कुमारीको ऐतिहासिक विषयवस्तुमाथि नाटक बनाउन पाउँदा आफू धेरै खुसी भएको बताउछन् ।

नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धिरज थापा मगर, शान्ता प्रजापति, राजेन्द्र डंगोल, चक्र प्रसाद पोखरेल रहेका छन् । सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ भने अनुपसँगै प्रत्यक्ष सङ्गीतमा शर्मिला गुरुङ, इन्द्रमान महर्जन, प्रतीक प्रजापति रहेका छन् भने कोरियोग्राफी जे.डी. तमुको रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार