बैसाख २६, २०८३ शनिबार May 9, 2026

रियलमीको सी ३ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रियलमी स्मार्ट फोन ब्रान्डले इन्ट्री लेबल स्मार्ट फोन ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’ रियलमी सी३ बिक्री सुरु गरेको छ ।  यो स्मार्ट फोन आकर्षक, ब्याट्री, डिस्प्ले र क्यामेराका हिसाबले निकै उत्कृष्ट भएको कम्पनीको दाबी छ ।

यसमा मिडियाटेक हेलियो जी७० प्रोसेसर रहेको छ । यसले प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यसमा ३ जिबी (याम र ३२ जिबी स्टोरेज रहेको छ । यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । ट्रिपल क्यामेरा गेम मोनिस्टर रियलमी सी३ देशभरका सबै आउटलेहरूमा उपलब्ध हुने जनाइएको छ ।

विशेषता

– यसमा  १२ एमपी + २ एमपी + २ एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ १.८ ठूलो अपार्चर र १.२५ युएम पिक्सेल साइज रहेको छ । यसले चार गुणासम्म जुम गर्न सक्छ । यसमा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकर्डिङको सुविधा रहेको छ ।

– यसमा ६.५ इन्च एचडी प्लस मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठूलो डिस्प्ले रहेको कम्पनीको दाबी छ । यसमा मिडियाटेक हेलियो जी७० प्रोसेसर रहेको छ । यो यस सेगमेन्टकै उत्तम भएको र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिङ टेक्नोलोजी रहेको जनाइएको छ ।

ग्राफिक पर्फमेन्स २० प्रतिशत र -याम पर्फमेन्स शतप्रतिशतले सुधारिएको कम्पनीको दाबी छ । रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २ सय ५६ जिबीसम्म एक्स्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ । यसमा फिंगरप्रिन्ट र फेसियल रिकग्नाइजेसन अनलक प्रविधि रहेको छ ।

– यो स्मार्ट फोनमा ५ हजार एमएएच ब्याट्री भएकाले लामो समयसम्म ब्याट्री चार्जको समस्या नपर्ने कम्पनीको दाबी छ । यसमा घन्टौंसम्म कुराकानी गर्न, यु ट्युबका भिडियोहरू प्रवाह गर्न, गीतहरू सुन्न, गेम खेल्न र कुनै रोकावटविना नेभिगेट गर्न सकिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार