भाद्र ६, २०८३ शनिबार August 22, 2026

भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो बाँड्दै सरकार

यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीको माग स्वतः खारेज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । एक सूचना जारी गर्दै केन्द्रले काठमाडौं उपत्यकामा कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई चुलोका लागि आवेदन दिन अनुरोध गरेको छ ।

एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्न यो अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । केन्द्रका अनुसार अति दुर्गम र दुर्गम स्थानबाट आएका विद्यार्थी विद्युतीय चुलोका लागि प्राथमिकतामा पर्नेछन् । यसअघि केन्द्रबाट विद्युतीय चुलो पाएका विद्यार्थीको माग स्वतः खारेज हुने केन्द्रले जनाएको छ । त्यस्तै आवश्यक कागजात पेश नगरेका विद्यार्थीको माग पनि स्वतः खारेज हुनेछ ।

त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल फर्म भर्नुहाेस् । त्यसपछि यहाँ क्लिक गरेर केन्द्रलाई बुझाउने निवेदनको नमूना डाउनलोड गरी आवश्यकता अनुसारको विवरण भर्नुपर्ने हुन्छ ।

यति गरेपछि यहाँ क्लिक गरेर शैक्षिक संस्थाको सिफारिस नमुना डाउनलोड गर्नुपर्ने हुन्छ । सो निवेदनमा क्याम्पस प्रमुखको हस्ताक्षर गराउनुपर्ने हुन्छ । त्यसपछि माथि उल्लेख गरिएका कागजात र अन्य विवरण ‘[email protected]’ ईमेलमा पठाउनुपर्ने हुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार