श्रावण १४, २०८३ बिहिबार July 30, 2026

क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

चर्चित व्यापारीमाथि बलात्कार, यौन दुव्र्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँचवटा अपराधको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ।

क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । चर्चित व्यापारीमाथि बलात्कार, यौन दुव्र्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँचवटा अपराधको आरोप लागेको छ ।

स्ट्रोङ्कमाथि एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको प्रहरीले बताएको छ । यद्यपी कति महिलाले यस्तो आरोप लगाएका थिए भन्ने जानकारी प्रहरीले दिएको छैन ।

साथै प्रहरीले स्ट्रोङ्कले अन्य महिलालाई यस्तो व्यबहार गरेको भए अगाडी आउन समेत अपिल गरेको छ ।

स्ट्रोङ्कको जन्म अस्ट्रियामा १९३२ मा जन्म भएको हो । उनले १४ वर्षको उमेरमा स्कूल छोडे र स–साना काम गर्न थाले । यो अवधिमा उनले पार्टपुर्जा कम्पनीमा काम गरे । उनले छापाखानामा डाइमेकरको रूपमा पनि काम गरे । सन् १९५४ मा राम्रो भविष्यको खोजीमा उनी एउटा ब्रिफकेस र केही सय डलर लिएर क्यानडा गए । सन् १९५७ मा उनले आफ्नो घरको ग्यारेजमा कम्पनीको जग बसालेर अटो पार्ट्सको व्यवसाय सुरु गरे । उनको ब्यापार चल्यो । उनको करियरको ठूलो चरण सन् १९६९ मा आयो जब उनले म्याग्ना इलेक्ट्रोनिक्स प्राप्त गरे । सन् १९७३ मा उनले आफ्नो कम्पनीको नाम म्याग्ना इन्टरनेशनल राखे । हाल उनको कम्पनी ३४ देशमा फैलिएको छ ।

उनको कम्पनीमा १ लाख ७० हजार कर्मचारी कार्यरत छन् । उनको कम्पनीले हरेक वर्ष ४० अर्ब डलरको व्यापार गर्छ । उनको कम्पनीले घोडा दौडको व्यवसाय पनि गर्छ । फ्रान्क स्ट्रोन्क कुनै समय क्यानडाका धनी व्यक्तिहरूमध्ये एक थिए । हाल उनको कुल सम्पत्ति १.५ बिलियन डलर रहेको । हाल उनी देशको ३१औं धनी व्यक्ति हुन् ।

फ्रान्क स्ट्रोङ्कले सेप्टेम्बर २०१२ मा ‘टीम स्ट्रङ्क’ नामको दक्षिणपन्थी पार्टी गठन गरे । अर्को वर्ष भएको निर्वाचनमा उनको पार्टी देशको तेस्रो ठूलो दल बन्यो । यसपछि उनी २०१३ मा अस्ट्रिया गए । तर २ महिनाभित्रै उनी फेरि क्यानडा फर्किए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार