श्रावण ९, २०८३ शनिबार July 25, 2026

शशिविक्रम थापाको राष्ट्रप्रेमले भरिएको गितिएल्वम “नालापानी र कालापानी अतिक्रमित” सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक शशिविक्रम थापाको नालापानी र कालापानी अतिक्रमित गितिएल्वम  सार्वजनिक गरिएको छ ।

गायक शशिविक्रम थापाको पछिल्लो पटक राष्ट्रप्रेमले भरिएको गीत नालापानी दुख्यो साथी कालापानी दुख्यो…गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । थापाको गीतलाई जानकी बज्राचार्यले लेखेकी छन् भने पुरुषोत्तम न्यौपानेले संगीत दिएका छन् ।

काठमाडौंमा एक भेटघाट कार्यक्रमबीच गायक थापाले यो गीत सार्वजनिक गरेका छन् । सामाजिक दूरी कायम गर्दै यो गीतलाई वरिष्ठ नाट्यकर्मी एवं कलाकार मदनदास श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलाकार प्रभाकरदेव शर्मालगायतले सार्वजनिक गरे ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा र सुस्तालगायतका क्षेत्रमा छिमेकीद्वारा मिचिएको सिमानाका विषयमा तयार गरिएको गीतको भिडियो पनि सोही क्रममा सार्वजनिक गरियो । यस्ता गीतले नेपालीमा एकता र देशप्रेमको भावना जागरुक गराउने कलाकार मदनदासले बताए ।

भिडियोको निर्देशन गायक शशिविक्रम थापाले स्वयंले गरेका छन् । जसमा प्रेम शर्मा पौडेलको सम्पादन, केशव अधिकारीको छायांकन छ भने भिडियोमा गीतकार जानकी बज्राचार्यसँगै बुद्ध श्रेष्ठ, बलराम कार्की, प्रकाश खत्री, विक्रम आचार्य, नवराज मैनाली लगायतको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार