असार २०, २०८२ शुक्रबार July 4, 2025

एक महिनामा गड्डाचौकी नाकाबाट ३१ हजारभन्दा बढी नेपाली भित्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एक महिनामा गड्डाचौकी नाकाबाट साँढे ३१ हजार नेपाली भित्रिएका छन् । यही अवधिमा भारत फर्कनेको संख्या भने साढे चार हजार रहेको छ ।

लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीको उद्धारका लागि गत १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेशका लागि खुला गरिएको थियो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १२ जेठदेखि १२ असारसम्म भारतबाट ३१ हजार सात सय ७७ नेपाली स्वदेश आएका छन् । चार हजार चार सय २२ भारतीय नागरिक नेपालबाट फर्केका छन् ।

१२ जेठमा दुई हजार ६ सय ३७ जना नेपाली स्वदेश प्रवेश गरेका थिए । त्यसैदिन तीन सय ५३ जना भारतीय फर्केका थिए । एक महिनापछि १३ असारमा ८८ जना नेपाली भित्रिएका छन् भने ३२ जना भारतीय स्वदेश फर्केका छन् । पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या क्रमिक रूपमा घटिरहेको छ ।

सबैभन्दा बढी १८ जेठमा तीन हजार सात सय ५२ र सबैभन्दा कम १३ असारमा ८८ जना नेपाल प्रवेश गरेका छन् । लकडाउनका कारण भारतमा रोजगारी गुमेपछि लालाबालासहित नेपाली नागरिक झिटीगुन्टा बोकी स्वदेश फर्किएका छन् । नेपालमा इँटाभट्टा, फर्निचर, चिनी उद्योग एवं व्यावसायिक क्षेत्र बन्द भएपछि भारतीय नागरिक स्वदेश फर्केका हुन् । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार