असार २०, २०८२ शुक्रबार July 4, 2025

हाई प्रोफाइल तस्कर केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फरार भएको करिब १६ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विदेश घुम्दै नेपालका वन्यजन्तु तस्करी गर्ने एक जना हाई प्रोफाइल वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ ।

२०६२ को भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिएको थियो । ती वन्यजन्तु ओसार पसार र बेचविखनमा संलग्‍न भएको भनिएका तर फरार सूचीमा रहेका कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई सीआईबीले असार ११ गते काठमाडौंमा समात्‍न सफल भएको हो ।

वन्यजन्तुका विभिन्‍न ठूला अपराधमा संलग्‍न भएका भनिएका उनी सीआईबी र इन्टरपोलसमेतको सर्वाधिक खोजीको सूचीमा थिए । नागरिकता र बोलाइने नाम फरकफरक भएको र उनको नामसँग मिल्ने धेरै व्यक्ति भएकाले प्रहरीले उनलाई समात्न सकेको थिएन । हुम्लाको नाम्खा गाउँपालिका ६ ९साविक लिमि गाविस ४० का स्थायी बासिन्दा उनको अस्थायी ठेगाना काठमाडौं, बौद्ध हो ।

काठमाडौं महानगरपालिका ६ सिमलटारबाट पक्राउ गरिएका उनलाई सीआईबीले शुक्रबार लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । अहिले उनी धुन्चेस्थित निकुञ्ज कार्यालयको थुनुवा कक्षमा छन् । निकुञ्जकी प्रमुख संरक्षण अधिकृत चीफ वार्डेन शुष्मा रानाले सरकारी वकिलसँग राय लिएर तामाङलाई कारबाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार