जेठ ७, २०८१ सोमबार May 20, 2024

असार १९ गतेभित्र आफ्ना सम्पूर्ण माग सम्बोधन गर्न सरकारलाई निजी शैक्षिक संस्थाको अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्याब्सन र एन प्याब्सनले सरकारले आफूहरुलाई सहयोग नगरेको भन्दै सरकारलाई असार १९ गतेसम्मको अल्टिमेटम  दिएका छन् ।

निजी विद्यालयको दुई संस्थाले आईतबार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरु असार १९ गतेसम्म पुरा गर्न अल्टिमेटम दिएका हुन् ।

सरकारले आफूहरुलाई अभिभावकको भूमिका निर्वाह नगरेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक गतिबिधी बन्द हुँदा शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगरी उल्टै पीडामा पार्ने काम गरेको बताएका छन् ।

यस्तै अवस्थामा सरकारले उचित कदम नचाले आफूहरुले अनलाईन कक्षा पनि सञ्चालन गर्न नसक्ने तथा कार्यालय बन्द गरी कर्मचारीहरुलाई पनि तलबभत्ता दिन नसक्ने बताएका छन् ।

प्याब्सन र एन प्याब्सनले शिक्षा मन्त्रालयमा बुझाएको ज्ञापनपत्रः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया