असार २४, २०८१ सोमबार July 8, 2024

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

पेनाल्टी सुटआउटमा इक्वेडरलाई ४-२ गोलले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
२०८१ असार २४, सोमबार
युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, कम्तीमा २३ जनाको मृत्यु
२०८१ असार २४, सोमबार
प्रचण्ड सरकारले जनतामा निराशा बढायो, अब मुलुकलाई आशातर्फ लैजानुपर्छ : महासचिव पोखरेल
२०८१ असार २४, सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
२०८१ असार २४, सोमबार
इलाम र माई नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा
२०८१ असार २४, सोमबार
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा
२०८१ असार २४, सोमबार
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
२०८१ असार २४, सोमबार