भाद्र २७, २०८३ शनिबार September 12, 2026

भारतीय बिडीसहित ३ जना बैतडी प्रहरीको नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बैतडी प्रहरीले हतियारसहित भारतबाट अवैधरूपमा ल्याइएको भारतीय बिडीसहित ३ जनालाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा दशरथचन्द नगरपालिका-८ त्रिपुराका २२ बर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।

उनीहरूलाई दशरथचन्द नगरपालिका-८ नल्तडीस्थित महाकालीकिनारबाट शनिबार राति २ बजे पक्राउ गरिएको हो । भन्सार छली गरेर महाकाली नदीमा ट्युबमार्फत अवैधरूपमा बिडी भित्रिरहेको गोप्य सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको प्रहरी टोलीले बिडीसहित ३ जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको ३ पेटी भारतीय घोडा बिडी १ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले भनाइ रहेको छ । उनीहरूको साथबाट ३ पेटी बिडीसँगै १ वटा ट्युब, २ थान खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सीमामा एम्बुस गस्तीका क्रममा उक्त अवैध सामान र मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया