भाद्र २७, २०८३ शनिबार September 12, 2026

बार्सिलोनालाई २ अंकले पछि पार्दै रियाल मड्रीड शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगाको उपाधि दावेदार क्लव रियाल मड्रीडले अर्को दावेदार क्लव बार्सिलोनासँग दुई अंकको अग्रता बनाउन सफल भएको छ ।

जारी लिग अन्रतर्गत गए राती भएको खेलमा इस्पानोल विरुद्ध १-० गोल अन्तरले जित दर्ता गर्दै तीन अंक जोडेको रियालले प्रतिस्पर्धी बार्सिलोनालाई दुई अंकले पछाडी छोडेको हो ।

जितसँगै रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । रियालले अब ६ वटा खेल खेल्न बाँकी छ । बाँकी खेल सबैमा जित दर्ता गराएमा वा पाँच खेल जितेर एकमा बराबरी गरेमा पनि रियालले उपाधि जित्नेछ । र यस्तो भएमा विगत आठ बर्षमा रियालले पहिलो पटक र हालसम्मकै दोस्रो पटक ला लिगाको उपाधि चुम्नेछ ।

अब लिग दावेदार टोली बार्सिलोनाले बिहिवार यथलेटिको संग खेल्ने खेलको नतिजाले पनि रियाललाई सहज बनाउने छ ।-

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया