असार २०, २०८२ शुक्रबार July 4, 2025

बोर्डर आउट पोष्ट सङ्ख्या तत्काल २२१ पुर्याइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (सीमा सुरक्षा चौकी-बीओपी) को सङ्ख्या तत्काल २२१ पुर्याइने भएको छ ।गृह मन्त्रालयका अनुसार, दक्षिणतर्फको नाकामा कम्तिमा २ दशमलव ५ किलो मिटरको दूरीमा २१६ र उत्तरमा पाँच गरी २२१ पु(याउने तयारी गरिएको हो ।

सशस्त्र प्रहरी बलले प्रस्ताव गरेको २२२ वटा बीओपीमध्ये बन्दाबन्दीको अवधिमा २२ वटा नयाँ थपिएका छन् । हाल, १३३ सञ्चालित र ८९ वटा नयाँ स्थापनाको अन्तिम चरणमा छन् ।यसका लागि करिब १० हजार जनशक्तिको माग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बीओपी स्थापनाले सीमा सुरक्षाका अतिरिक्त अवैध चोरी, तस्करीलगायत अपराध नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

नेपाल–भारत–चीन त्रिदेशीय सीमा सुरक्षाको जिम्मेवारी निर्वाह गर्दैआएको सशस्त्र प्रहरी बलले दार्चुलाको छाङरुमा नयाँ बीओपी स्थापना गरेसँगै उत्तरी नाकामा चार वटा पुगेको छ । हुम्लाको हिल्सा, मुस्ताङ कोरोला र सङ्खुवासभाको किमाथाङ्कामा सीमा सुरक्षा पोष्ट स्थापना भएका छन् ।

ती पोष्टहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५(३० जनाभन्दा माथिको जनशक्ति परिचालन हुने गरेको छ । आफ्नै भौतिक संरचनाको अभावमा अधिकांश बीओपी भाडाको घर तथा भवन तथा त्रिपालभित्रबाट सञ्चालन हुँदैआएका छन् ।
ताप्लेजुङको ओलाङचुङगोला, बझाङको धुली, दोलखाको लामाबगर र सिन्धुपाल्चोकको तातोपानी नाकामा तत्कालै नयाँ बीओपी निर्माण गर्नुपर्ने आवश्यकता रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रविनकुमार श्रेष्ठ बताउनुहुन्छ ।

भारतसँगको सीमासँग जोडिएका सीमा नाकामा १२९ बीओपी छन् । वर्षायामको सुरुवातसँगै दक्षिणतर्फ रहेका कतिपय बीओपीहरू बाढी र डुबानका कारण विस्थापित हुने गरेका छन् । हिउँदमा उत्तरी नाकाको विस्थापित हुने गर्छन् ।
भौतिक पूर्वाधार निर्माण तथा कार्यालय स्थापनाका लागि जग्गा खरिद गर्न समय लाग्ने भएकाले अस्थायी टेण्ट तथा त्रिपालमुनिबाट सञ्चालन हुँदै आएका कार्यालयहरू वर्षायाममा विस्थापित हुने गरेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ ।

गृहमन्त्री रामबहादुर थापाले गत आर्थिक वर्ष २०७५र२०७६ मा नेपालको पूर्वपश्चिम-उत्तरदक्षिण नाकामा पाँच सय वटा बीओपी राख्न सरकारसँग प्रस्ताव पेश गर्नुभएको थियो । बीओपीको सङ्ख्या १०७ रहेको थियो । आर्थिक वर्ष २०७६र७७ मा २६ नयाँ थपिएको आजको गोराखपत्र दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार