भाद्र २९, २०८३ सोमबार September 14, 2026

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दार्मा गाउँपालिकाको सबै सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सल्यानको दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ।

सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्। उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ।

कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गरिने खड्काले बताए। दार्मा गाउँपालिकामा यसअघि नौजनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुसबै निको भएर घर फर्किसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया