काठमाण्डाैंः बुधबार बिहान चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले दिएको जानकारीका अनुसार चितवनका १३ जना सहित अन्य १२ जनामा पनि संक्रमण पुष्टि भएको हो ।
भरतपुर कोभिड-१९ प्रयोगशालामा बुधबार बिहान गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका ११ र माडी नगरपालिकाका २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार भरतपुर अस्पतालमा रहेका माडी नगरपालिका वडा नं ३ र ५ का २ जना पुरुष, भरतपुर महानगरपालिका वडा नं ७ र २२ बस्ने २ जना पुरुष ,भरतपुर महानगरपालिका वडा नं ११ वस्ने वर्ष ४५ की १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भरतपुर-७ का ६१ वर्षका पुरुष र १२ वर्षकी बालिका, भरतपुर महानगरपालिका वडा नं ४,९,२२,२५ र २६ वस्ने ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
चितवनका १३ सहित अन्य १२ जना मध्ये नवलपरासी पूर्वको गैंडाकोटका १० जना, गोरखाका १ जना र झापाका १ जना छन् ।भरतपुर अस्पतालमा असार १६ गते संकलन गरिएका १०१ स्वाब नमूनामध्ये २५ जनामा पोजेटिभ देखिएको तथा बाँकी ७६ नमूनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया