असार २०, २०८२ शुक्रबार July 4, 2025

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै्ः २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो । तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदासमेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर, संक्रमणको उच्च बिन्दु करिब एक महिनापछि मात्र हुने स्वास्थ्य मन्त्रालयको आकलन छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ ।

मंगलबारसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । २९ जनाको मृत्यु भएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् भने दश हजार तीन सय ४१ उपचारमा छन् । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भनेर भन्न नसकिने बताए । उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत संक्रमण देखिन थालेको छ । यसबाट संक्रमण समुदायमा समेत पुगेको बुझिने तथा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सक बताउँछन् ।

सोमबारको कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकमा उपत्यकालगायत प्रमुख सहरमा संक्रमणले अब ठूलो रूप लिन सक्ने विश्लेषण गरिएको थियो । बैठकले घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउन सिफारिस गरेको एक अधिकारीले बताए ।

सहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा अझै बढ्न सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको संख्यामा परीक्षण गरिने बताएका थिए । तर, पछिल्लो २४ घन्टामा चार हजार सात सय ११ जनाको मात्र स्वाब परीक्षण गरिएको यो खबर नयाँपत्रिका दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार