असार १४, २०८३ आइतबार June 28, 2026

वडाअध्यक्ष डाँगीमाथि आक्रमण गर्ने विप्लवका कार्यकर्ताको अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वडाअध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा विप्लवका कार्यकर्तामाथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दाङको शान्तिनगर गाउँपालिका -२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले सोधपुछ शुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्तालाई मङ्गलबार राति शान्तिनगर -२ बाट पक्राउ गरिएको थियो ।

उनीहरुको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

वडाअध्यक्ष डाँगीको काठमाण्डाैं स्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया