असार १४, २०८३ आइतबार June 28, 2026

पेट्रोलियम पदार्थको मूल्य घटाउन नेविसंघको माग (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ।

नेविसंघका अध्यक्ष राजीव ढुँङ्गानाले बुधवार विज्ञप्ति जारी गरेर नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हो । पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए सरकार विरुद्ध निर्णायक आन्दोलन गर्ने समेत चेतावनी दिएको छ।

उसले कोरोना महामारीका बेला जनतालाई आन्दोलनका लागि सडकमा आउन बाध्य नपार्न सरकारलाई चेतावनी दिएको हो।  सरकारले बुधवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ बढाइएको हो।

‘आकाशिएको मूल्य वृद्धि नियन्त्रण गरी यस्तो महामारीको वेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनुको साटो सरकार जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्नु अत्यन्तै दुखद् कुरा हो। सरकारको यो मूल्य वृद्धीको निर्णयको नेविसंघ घोर भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया