कार्तिक १६, २०८३ सोमबार November 2, 2026

मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !

मादुरोको यो चुनौतीपछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफुले जित्ने दाबि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनि तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् ।

मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मस्कले लगातार उनको आलोचना गर्दै तानाशाहको संज्ञा दिइरहेका छन् । भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन् । मस्कले मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनी समेत दिएका छन् ।

मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिएका थिए, जसलाई मस्कले स्वीकार गरेका छन्। मदुरोले यो लडाइमा हारे भने उनले राजीनामा दिनु पर्ने र जित्नुभयो भने म उसलाई मंगल ग्रहको सित्तैमा यात्रा दिने मस्कले बताए ।

मादुरोले मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउदै उनले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गरेका छन् र अब संसारलाई नियन्त्रण गर्न चाहेको आरोप लगाउदै मस्कलाई सामुन्ने आएर लड्न चुनौती दिएका थिए । मादुरोले आफू चाभेजको सन्तान भएको बताए । उनी कसैसँग नडराउने बताएका थिए ।

मादुरोको यो चुनौतीपछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफुले जित्ने दाबि गरे । साथै मस्कले लडाईमा हारेमा पदबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् साथै आफुले हारेमा मादुरोलाई नि: शुल्क मंगलग्रह गुमाउने प्रस्ताव राखेका छन् ।

मस्कले यसअघि पनि धेरै पटक जुकरबर्गलाई लड्न चुनौती दिएपनि आमने सामने भने भएनन् । दुवैले लडाईको तयारी गर्दै गरेको भन्दै बक्सिङ सिकेको तस्वीर समेत सार्बजनिक गरेका थिए ।

भेनेजुएलामा चुनावी नतिजा आएपछि मस्कले प्रश्न उठाएका थिए । उनले मादुरोलाई तानाशाह भनेका थिए । यसपछि मदुरोले मस्कलाई भेनेजुएलाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जिते । मादुरोको जितको घोषणा पछि भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार