श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

सेलिब्रिटी बैज्ञानिक हकिङबारे १५ रोचक जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाेंः भौतिकशास्त्रमा त्यतिसारो रुचि नभएका प्रायः मानिसले पनि दुईजना भौतिकशास्त्रीलाई चिनेका हुन्छन्- अल्बर्ट आइन्सटाइन र स्टेफन हकिङ । अल्बर्ट आइन्सटाइनको निधन भएको यतिका वर्षपछि पनि उनी अझैसम्म रहस्यको पोको बनिरहेकै छन् । जीवित हकिङसम्बन्धी धेरै कुरा अझै रहस्यमय नै छ । पक्षघातका बिरामी हकिङबारे केही रोचक जानकारीः

– भौतिकशास्त्रमा यति धेरै कहलिएका हकिङले अहिलेसम्म नोबेल पुरस्कार पाएका छैनन्।

– शारीरिक रूपमा अशक्त भए पनि उनको अनुसन्धान गर्ने र यौन प्यास मेटाउने इच्छाशक्ति भने प्रबल छ । विभिन्न अनुसन्धानमा निरन्तर सरिक रहेका उनी सेक्स क्लबमा गइरहन्छन् ।

– स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे । नौ वर्षको उमेरमा उनी खराब नजिता ल्याउने विद्यार्थीको सूचिमा परेका थिए।

– स्कुले जीवनमा लद्दु भए पनि उनको ‘निक नेम’ भने आइन्सटाइन थियो । अर्को रोचक कुरा के भने आइन्सटाइन पनि स्कुले जीवनमा कमजोर विद्यार्थीमा गनिन्थे।

– स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन भने उनलाई प्रायः आउँदैनथ्यो । उनको यस्तो बानीले घरका सबै दिक्क भएका थिए।

– अन्तरिक्षमा रहेको कालो छिद्र (ब्ल्याक होल) बारे संसारलाई धेरै जानकारी छैन । किनकि, यसबारे कसरी अनुसन्धान सुरु गर्ने भन्ने भेउ नै कसैलाई छैन । तर, हकिङले सबैभन्दा बढी अध्ययन यही ब्ल्याक होलबारे नै गरेका छन्।

– हकिङको यो भनाइ सबैभन्दा बढी चर्चित छ, ‘ब्रह्मान्डको सीमा स्थितिबारे अत्यन्त विशेष कुरा पक्कै छ । ब्रह्मान्डको कुनै सीमा नै छैन भन्ने कुराभन्दा विशेष अरू के हुन्छ र ?’

– २२ वर्षको उमेरमा स्नायुसम्बन्धी रोगबाट पीडित भएपछि हकिङलाई डाक्टरले ‘यो केही वर्षमात्र बाँच्छ’ भनेका थिए । त्यसपछि उनी पक्षघातको शिकार भएका थिए । अहिले उनी ७२ वर्षका भए।

– वैज्ञानिक भएर पनि यति धेरै चर्चामा रहने हकिङ पहिलो सेलिब्रिटी हुन् । उनी द सिम्प्सन, स्टार ट्रिकलगायत सुपरहिट टेलिभिजन कार्यक्रममा अतिथि बनिसकेका छन् । कुनै पनि वैज्ञानिकले जीवित छँदै उनको जति चर्चा पाएको थिएन।

– हकिङले दुई पटक बिहे गरे । तर, उनको दुवै विवाह असफल भयो । सन् १९६५ मा जेन वाइल्ड नाम गरेकी युवतीसँग बिहे गरेका थिए । उनीबाट हकिङले तीन सन्तान प्राप्त गरे । जेनलाई छोडेर हकिङ पछि इलेन मेसन नाम गरेकी नर्ससँग लहसिए । उनीहरूले सन् १९९५ मा बिहे गरे । सन् २००६ मा उनीहरूको सम्बन्ध–विच्छेद भयो।

–‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर बुक हो । यो किताबको अढाइ करोड प्रति दुई वर्षअघि नै बिक्री भइसकेको थियो।

– हकिङले विश्व तापमान, नयाँ खालका भाइरस र पुच्छ्रेताराको असरबाट मानव जीवन अन्त्य हुनेछ भन्ने भविष्यवाणी गरेका छन्।

– सन् २००९ मा उनलाई अमेरिकामा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरिएको थियो । अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो।

– सृष्टिको उत्पत्तिसम्बन्धी वैज्ञानिक तथ्य पेस गरेका हकिङको क्रिस्चियन धर्मका सर्वोच्च गुरु पोपसँग सुमधुर सम्बन्ध छैन । पोप रहने इसाई राष्ट्र भ्याटिकनमा आयोजना भएको खगोलशास्त्रसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन जाँदा पोपले उनको आलोचना गरेका थिए । ‘द ग्रान्ड डिजाइन’ किताबमा उनले सृष्टिको उत्पत्ति कसरी भयो भन्ने उल्लेख गरेका छन्।

– स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार