भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

१५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन १९ गते। नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो।

उहाँका अनुसार झण्डै डेढ वर्ष अघि सञ्चार मन्त्रालयले विदेशी च्यानलको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो। तर इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण सो प्रणाली कार्यान्वयनमा समस्या भएको उहाँको भनाइ छ।

उहाँले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा बिस्तारै कमी आउन थालेको भन्नुहुँदै विदेशी च्यानलले पनि मनपरी पैसा उठाउने गरेको बताउनुभयो।

उहाँका अनुसार १५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया