असार २, २०८३ मंगलबार June 16, 2026

सक्कली परिचयपत्रसँग रुजु गराए मात्रै नयाँ सिमकार्ड पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब सिमकार्ड लिन अनिवार्य रुपमा सक्कली नागरिकता आवश्यक पर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीलाई यो व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

यससँगै सिमकार्ड लिनका लागि ग्राहक स्वयम् उपस्थित हुँदा समेत आफ्नो सक्कल परिचय पत्र (नागरिकताको प्रमाण पत्र वा मतदाता परिचय पत्र वा राहदानी वा प्राधिकरणले तोके बमोजिमको अन्य परिचय पत्रहरु) बोकेर जानुपर्ने भएको छ । सेवा प्रदायकले सक्कली परिचयपत्रसँग रुजु गराएर मात्रै सिमकार्ड दिनुपर्नेछ ।

प्राधिकरणले सुरक्षाको विषयलाई लिएर यो निर्णय गरेको जनाएको छ । ‘मोबाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड बिक्री वितरण गर्दा एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्छ,’ सूचनामा लेखिएको छ, ‘यसरी पहुँच पुग्दा बैंकिङ सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डेटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने हुन्छ ।’

त्यसैले अब उपरान्त सिमकार्डको बिक्री वितरण गर्दा तथा सिमकार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड उपलब्ध गराउँदा अनिवार्य रुपमा ग्राहक स्वयम् उपस्थिति भएको हुनुपर्ने र सक्कल परिचय पत्रसँग रुजु गरेर मात्रै सिकार्ड बिक्री गर्नुपर्नेछ । यदि ग्राहक स्वयम् उपस्थित हुन नसकेको अवस्थामा कानून बमोजिमको वारिसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यसको निरीक्षण तथा जाँचबुझको क्रममा प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना गरेको नपाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिमा कारवाही हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार