कार्तिक १५, २०८३ आइतबार November 1, 2026

विवादित विधेयक कसरी अघि बढ्लान् ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रतिनिधि सभाको बैठक निरन्तर बस्न नसक्दा संसद्मा विचाराधीन विधेयक अघि बढ्न सकेका छैनन्। जेठ ३२ गते प्रतिनिधि सभाले बजेट पारित गरेपछि संसद् बैठक कम्तीमा चार दिन बिराएर मात्रै बस्दै आएको छ।

असार ९ पछि भने असार १७ मा मात्रै बोलाइएको थियो। लामो समयपछि बसेको यो बैठक पनि सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। अर्को बैठक असार २२ गते बोलाइएको छ।

सरकारले संसद्लाई बिजनेससमेत नदिँदा असार महिनाभर बैठक प्रभावित भएको छ। बैठकले निरन्तरता नपाउँदा विभिन्न विधेयकमा रहेका विवादित विषयलाई कसरी अघि बढाउने विषय अन्योलमा छ।

अमेरिकन नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्ने विषयको विवादले पनि संसद् बैठकको निरन्तरतामा अवरोध सिर्जना ग¥यो। राज्य व्यवस्था समितिले हालै पारित गरेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक असार ९ गते संसद्मा पेस गरे पनि त्यसलाई कार्यसूचीमा राख्न सकिएको छैन।

सभामुखले नागरिकता विधेयक असार १७ गतेको कार्यसूचीमा राख्न खोजे पनि गृहमन्त्री रामबहादुर थापा तयार नभएपछि यो विधेयक १७ गतेको सम्भावित कार्यसूचीमा नराखिएको स्रोतले बतायो। तर, कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि कार्यसूचीमा राखिएका अन्य विषय हटाई शोक प्रस्ताव पारित गरिएको थियो। नागरिकता विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्षी कांग्रेसले पनि माग गरेको छ भने मधेस केन्द्रित दलले पनि फिर्ता लिन माग गरेका छन्। यस विधेयकलाई संसद्मा कसरी अघि बढाइने हो त्यसको गृहकार्य गरिएको छैन।

यता संघीय निजामती विधेयक पनि विवादकै बीच समितिबाट पारित भएको थियो। यस विधेयकमा सामान्य प्रशासनमन्त्रीकै असहमती रहेको छ। यो विधेयकलाई पनि संसद्मा कसरी अघि बढाइने हो त्यो अन्योल भएको छ। विकास समितिले पारित गरेको सूचना प्रविधिसम्बन्धी विधेयक पाँच महिनादेखि समितिमै अड्किएको छ। यो विधेयक पनि विवादबीच पारित भएको थियो। यो  विधेयक अब छिट्टै संसद्मा पेस गर्ने तयारी छ। तर संसद्ले यो विधेयक कसरी अघि बढाउने हो त्यसको कुनै टुंगो छैन। यसैबीचमा सरकारले संसद् अधिवेशन अन्त्य नै गर्न लागेको भन्ने हल्ला पनि चलेको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बैठक निरन्तर नराखिनुमा महत्वपूर्ण अजेन्डा नभएको कारण देखाए। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार