असार १४, २०८३ आइतबार June 28, 2026

प्रधानमन्त्री ओलीको पक्षमा राजधानीमा युवा संघको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजधानीमा प्रदर्शन गरिएको छ ।

सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघले काठमाडौँको माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा बिहीबार दिउँसो प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिर तथा नेपालको नक्सासहितको व्यानर बोकेर प्रदर्शन गरेका छन्। लगातार ओली सरकारविरुद्ध प्रदर्शन हुँदै आएका बेला युवा संघले उनको पक्षमा प्रदर्शन गरेको  हो ।

पार्टी भित्र संकटमा आएका ओलीलाई अहिले प्रधानमन्त्रीबाट हटाउन नहुने प्रदर्शनकारीको माग छ।

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया