असार २, २०८३ मंगलबार June 16, 2026

‘फेसबुक लाइभ’ गर्दै दाङमा एक महिलाले गरिन् आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दाङको तुल्सीपुरमा २३ वर्षीया एक महिलाले फेसबुक लाइभ गरेर गएराती आत्महत्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका-५, रानीजरुवा बस्ने एलिसा गौतमले गए राति (बिहीबार) करिव एक बजेको समयमा फेसबुक लाइभ गर्दै सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

आत्महत्या गर्दा उनले रातो रङ्गको कपडा लगाएको र सोही कपडाको सल पङ्खामा बाँधी वियोगान्त गीत बजाउँदै आत्महत्या गरेको भिडियो उनको फेसबुकमा देख्न सकिन्छ । बिहान प्रहरीले ढोका खोल्दासम्म बियोगान्त गीत बजिरहेको छिमेकीहरू बताउँछन् ।

एलिसा विगत लामो समयदेखि माइतीमा बस्दै आएकी र उनका बाबु-आमा भारतमा रहँदै आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंह बताए ।

सिंहका अनुसार राती गौतमले आत्यहत्या गर्नुपूर्व फेसबुक लाइभ गरेको र सो लाइभ देखिसकेपछि चितवनका एक पत्रकारले राति ०१.२९ बजे डिएसपीलाई फोन गरी महिलाले आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । त्यसलगत्तै डिएसपी सिंहले दुई वटा मोटरसाइकल र गाडीको साइरन र हर्न बजाउँदै सम्भावित स्थान खोजी गर्न लगाए । यसका साथै उनले साइबर ब्यूरोमा सम्पर्क गरी मृतकको मोबाइल नम्बर पत्ता लगाउन प्रयास गरे ।

ब्यूरोले मृतक गौतमको फेसबुकमा जोडिएका एक जनाको नम्बर दियो । उनले उक्त नम्बरमा सम्पर्क गरेर वास्तविक लोकेसन लिए । यसरी प्रहरीले वास्तविक लोकेसन पत्ता लगाउँदा बिहानको करिव ३ बजिसकेको थियो ।

मृतक गौतमको करिब १० बर्ष पहिले विवाह भएको उनको एक ८ बर्षिय छोरी समेत रहेको बुझिएको छ । उनले पतिसँग सम्बन्ध विच्छेद गरिसकेको र छोरी पतिसँगै रहेको हुँदा पारिवारिक कारणले उनी तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनको आफन्तका भनाइअनुसार उनीले धेरैपटक मर्छु भन्ने गरेको तर उनको भनाइमा विश्वास नगरिएको बताइन्छ । उनको कोठाबाट प्रहरीले चारवटा बियरका खाली बोत्तल, २ हजार ५ सय रुपियाँ र कोठा लथालिङ्ग अवस्थामा रहेको देखिएको जनाएको छ । हालसम्म मृतकका आफन्तहरू सम्पर्कमा नआएको र मृतकको शव बुझ्नका लागि आफन्तजनको खोजी भइरहेको डिएसपी सिंहले जानकारी दिए । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार