असार २०, २०८२ शुक्रबार July 4, 2025

दार्चुलामा एकैदिन सशस्त्रको तीन सीमा सुरक्षा चौकी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दार्चुलाको नेपाल-भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चाैकी (बीओपी) थपिएका छन् । बिहीबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले लेकम गाउँपालिका-३ लाली, मालिकार्जुन गाउँपालिका-७ जोलजिबी र व्यास गाउँपालिका-२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गर्नुभएको छ ।

बुधबार बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन गरेर दार्चुला आइपुग्नुभएका डिआइजी बुढाथोकीले बिहीबार तीन वटै बीओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० हेडक्वार्टर दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयो । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुग्नुभएको थियो भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको डिएसपी विष्टले बताउनुभयो ।

तीन वटै बीओपीमा २०/२० जना सुरक्षाकर्मी खटाइएका छन् । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने डिएसपी विष्टले बताउनुभयो । गत मङ्गलबार नै दार्चुलाका तीनवटै स्थानमा बीओपी उद्घाटन गर्ने तयारी भएपनि महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजमा सडक अवरुद्ध भएर डिआइजी बुढाथोकी बैतडीमै रोकिनुभएको थियो ।

भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो । दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका-९ दत्तु, व्यास गाउँपालिका-३ सुनसेरा र व्यास गाउँपालिका-१ चीन सीमा नजिकको तिङ्कर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ । जिल्ला सुरक्षा समितिले उक्त चारवटै स्थानमा बीओपी थप्न सिफारिस गरिसकेपनि गृह मन्त्रालयले निर्णय गर्न बाकी रहेको उहाँले बताउनुभयो ।

बीओपी उद्घाटन गर्दै डिआइजी बुढाथोकीले स्थानीय नागरिक र भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरी सीमा गस्ती र सीमा सुरक्षा निगरानी गरिने बताउनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढेसँगै सीमा निगरानी र आपराधिक घटनामा कमि आएको सुरक्षा अधिकारीहरू बताउछन् ।

छाङरुस्थित बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा सुरक्षाकर्मी नेपाल-चीन एक नम्बर सीमा स्तम्भ, कौवा क्षेत्र र तिङ्करमा समेत नियमित गस्ती गर्न थालेका छन् । सीमामा सशस्त्रको उपस्थिति बढ्दैगएपछि सीमा सुरक्षा, अवैध चोरी सिकार, तस्करी, प्रतिबन्धित सामानहरूको ओसारपसार लगायत गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय हर्षित भएको लेकम गाउँपालिका-३ का स्थानीय डम्बर भण्डारीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार