असार २०, २०८२ शुक्रबार July 4, 2025

काठमाडौं महानगरद्वारा २० शीर्षकमा कर असुलीःआफू जिउँदै भएको प्रमाणित गर्न पाँच सय रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न २० शीर्षकमा कर, दस्तुर, शुल्क तथा जरिवाना असुल्ने भएको छ । महानगरवासीले कोरोना भाइरसका कारण करको दर घट्ने आशा गरेका थिए । तर, महानगरले करको दररेट घटाएन । उसले करको दायरा बढाउने र स्वेच्छिक कर प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।

सातौँ नगरसभाको बिहीबारको बैठकबाट पारित भएको महानगरपालिकाको आर्थिक ऐन, ०७७ ले कर, शुल्क, दस्तुर तथा जरिवाना लाग्ने क्षेत्र, दर र छुटसम्बन्धी व्यवस्था गरेको छ । बिहीबारको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा वडा नम्बर १६ का सदस्य जीवन मानन्धरले महानगरभित्र ठेलागाडा र रिक्सा चल्नै दिन नहुने सुझाए ।

ठेलागाडा र रिक्साले महानगरलाई कुरुप बनाएको उनको तर्क थियो । तर, मेयर विद्यासुन्दर शाक्यले उनको सुझावलाई वास्ता गरेनन् । दफावार छलफलमा नगर सभाका सदस्यहरूले सबै करदाताले महसुस गर्ने कर छुटको व्यवस्था गर्नसमेत माग गरे ।

यस्तै, करको दायरा बढाउन राजस्व प्रशासनको सवलीकरण, संघ संस्थाहरूले शुल्क उठाउने गरेको, तर महानगरको दायरामा नआएका क्षेत्रलाई समेट्नुपर्ने, पर्यटन क्षेत्रको पुनर्स्थापनाका कर छुटको व्यवस्थालगायतका सुझाव राखेका थिए । तर, सभामा प्राप्त सुझावमाथि विस्तृत छलफल नै नगरी प्रस्तावित विधेयक हुबहु पारित भएको खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार