भाद्र २७, २०८३ शनिबार September 12, 2026

नेपालीको प्रतिव्यक्ति आय ११० डलरभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।

विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ ।

यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । विश्व बैङ्कको नयाँ वर्गीकरण अनुसार नेपालसहित सातवटा मुलुक आफ्नो पुरानो अवस्थाबाट स्तरोन्नति भएका छन् । बेनिन र तान्जानिया न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकमा उक्लिएका छन् ।

मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएका मुलुकबाट उच्च आय भएका मुलुकमा स्तरोन्नति भएका छन् भने इन्डोनेसिया न्यून मध्यम आय भएका मुलुकबाट उच्च मध्यम आय भएका मुलुकमा स्तरोन्नति भएको छ ।

अल्जेरिया र श्रीलङ्का उच्च मध्यम आय भएका मुलुकबाट घटुवा भएर न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । त्यस्तै सुडान न्यून मध्यम आय भएका मुलुकबाट न्यून आय भएका मुलुकमा झरेको छ । दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्च मध्यम आय भएको मुलुकमा परेको छ । त्यस्तै भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान मात्र न्यून आय भएका मुलुकमा परेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार