कार्तिक १५, २०८३ आइतबार November 1, 2026

नेपालीको प्रतिव्यक्ति आय ११० डलरभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ । सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।

विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ । पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ ।

यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । विश्व बैङ्कको नयाँ वर्गीकरण अनुसार नेपालसहित सातवटा मुलुक आफ्नो पुरानो अवस्थाबाट स्तरोन्नति भएका छन् । बेनिन र तान्जानिया न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकमा उक्लिएका छन् ।

मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएका मुलुकबाट उच्च आय भएका मुलुकमा स्तरोन्नति भएका छन् भने इन्डोनेसिया न्यून मध्यम आय भएका मुलुकबाट उच्च मध्यम आय भएका मुलुकमा स्तरोन्नति भएको छ ।

अल्जेरिया र श्रीलङ्का उच्च मध्यम आय भएका मुलुकबाट घटुवा भएर न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । त्यस्तै सुडान न्यून मध्यम आय भएका मुलुकबाट न्यून आय भएका मुलुकमा झरेको छ । दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्च मध्यम आय भएको मुलुकमा परेको छ । त्यस्तै भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान मात्र न्यून आय भएका मुलुकमा परेको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विप्लवबाट अलग भएको उमा भुजेल नेतृत्वको पार्टी नेपाली कम्युनिस्ट पार्टीमा मिसिँदै
२०८३ कार्तिक १५, आइतबार
लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
२०८३ कार्तिक १५, आइतबार
NPL 2026 : Janakpur defeat Pokhara by 9 runs
२०८३ कार्तिक १५, आइतबार
‘अब देशले अस्थिरता र उथलपुथल थेग्न सक्दैन’ : पूर्वप्रधानमन्त्री भट्टराई
२०८३ कार्तिक १५, आइतबार
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित
२०८३ कार्तिक १५, आइतबार
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार