काठमाडाैंः सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)ले १८ असारमा एक दिन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालका बीचमा निर्णायक छलफल गर्ने र २० गते स्थायी समिति बैठक बोलाउने गरी बैठक स्थगित भएका थियो। तर दुई अध्यक्षको छलफल निष्कर्षमा नपुगेपछि ओली र दाहाल-नेपाल पक्ष आ-आफनो रणनीतिमा लागेका थिए। दुवै पक्षका नेताहरू अडानमा पछि नहटेपछि आआफ्नो तयारीमा लागेका थिए।
शुक्रबार ओली र दाहालबीच भएको छलफल निष्कर्षमा नपुगेपछि शनिबार थप छलफल गर्ने भने पनि हुन सकेन। ओली-दाहाल टेलिफोन संवाद भई थप दुई दिन स्थायी समितिको बैठक रोक्ने र छलफल गर्ने समझदारीपछि बैठक २२ असारसम्मलाई स्थगित गरिएको छ।
शनिबार हुन नसकेको ओली दाहालको छलफल आइतबार बिहान १० बजे बालुवाटारमा बस्ने गरी तय भएको दाहालको निजी सचिवालयले जनाएको छ। शनिबार प्रधानमन्त्री ओलीले बिहान आफू निकट नेता र मन्त्रीहरूसँग छलफल गरेका थिए। ओलीले बालुवाटारमा आफू निकट नेताहरूसँग छलफल गर्दै गर्दा दाहालले पनि आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरिरहेका थिए।
दिउँसो सचिवालयका ६ नेताबीच पनि खुमलटारमा छलफल भएको थियो। पार्टी एकता जोगाउने र त्यसका लागि प्रधानमन्त्रीसँग निर्णायक छलफल गरेर अगाडि जाने गरी छलफल भएको खुमलटारमा सहभागी एक नेताले बताए।
तर उक्त छलफलमा स्थायी समितिको बैठक अब नरोक्ने र विधानअनुसार निर्णय प्रक्रियामा सहभागी हुने विषय उठेको थियो। प्रधानमन्त्री ओलीले पनि आफू निकटहरूसँग छलफल गरेर साँझ राष्ट्रपतिसँग भेट गरे। त्यसपछि मन्त्रीहरूलाई बोलाई राजनीतिक घटनाक्रममा बिफ्रिङ गरेका हुन्। मन्त्रीहरूको बिफ्रिङपछि पनि ओली निकट मन्त्रीहरू अबेरसम्म बालुवाटारमै थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया