कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ नदिन राष्ट्रपतिलाई पूर्व प्रधानमन्त्रीत्रयको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवादको तरंगले अझै समाधानको रुप नलिदा सबैको अभिभावक मानिएको सर्वोच्च पद ‘राष्ट्रपति’ पनि मुछिने सम्भावना बढेको छ ।

आइतबार नेकपामा तीन शीर्ष नेताहरु शीतल निवास पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै असंवैधानिक कदम चालेको खण्डमा साथ नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेर यस्तो आग्रह गरेपछि राष्ट्रपतिजस्तो सम्मानित संस्था समेत नेकपाको आन्तरिक राजनीतिमा मुछिने सम्भावना देखिएको हो ।

शीतल निवास पुगेका नेताहरुले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने आफुहरुको कुनै योजना नरहेको र यो असम्भव पनि भएको भन्दै बालुवाटारले चलाएको हल्लाको पछि नलाग्न राष्ट्रपति भण्डारीलाई सुझाएका थिए ।

‘खेल कसरी हुन्छ खेलिने प्रक्रिया जारी छ, बल नियन्त्रणमा भएको व्यक्ति बल जता लान्छ त्यतै कुद्ने प्रक्रिया नेकपा भित्र जारी छ’ नेकपाका एक नेताले न्यूज २४ संग भने, ‘अहिले नेकपा दुई बर्षदेखि ‘लिभिङ टुगेदर’मा बसेको जोडीको जस्तो अवस्थामा पुगेको छ ।’ उनले तर अब जोडीको सम्बन्ध कसिलो भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको लागि सहज दिन भने गएको टिप्पणी गरेका छन्  ।

राष्ट्रपति सबैको लागि सम्मानित संस्था हो तर नेकपाको विवादमा चासो देखाए यसैको गरिमामा आँच आउने भएकोले नेताहरुले शीतल निवास पुगेर सम्झाएको पनि ती नेताको भनाइ छ ।

४५ मिनेट लामो कुराकानीमा नेकपा भित्र भएको विवाद र यथार्थको बारेमा समेत नेताहरुले राष्ट्रपति भण्डारीसमक्ष कुरा राख्दै बालुवाटारले कुनै कदम चाले सल्लाह गर्न सुझाएको पनि ती नेताले बताए ।

शीतल निवास भेटपछि अहिले दुई सहयोगी र साक्षी राखेर अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।न्यूज २४ बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकार पक्राउ गर्ने कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : प्रदीप पौडेल
२०८३ कार्तिक १३, शुक्रबार
मिडिया हाउसमा प्रहरी हस्तक्षेपप्रति एमाले नेता ज्ञवालीको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल
२०८३ कार्तिक १३, शुक्रबार
फतुवा विजयपुरका निलम्बित मेयर यादव कांग्रेस छाडेर जसपा प्रवेश
२०८३ कार्तिक १३, शुक्रबार
पत्रकार पक्राउप्रति प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण, तत्काल रिहा गर्न निर्देशन
२०८३ कार्तिक १३, शुक्रबार
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार