असार २३, २०८२ सोमबार July 7, 2025

महिलाहरुलाई साना स्तन हुनुका फाईदा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बक्षस्थल महिलाको सुन्दरता र शरीरलाई कलात्मक बनाई दिएको छ ।

त्यसैले हरेक पुरुषको पहिलो नजर पहिला स्तनमा नै पर्दछ । महिलाहरुको शरिरका आकर्षक अंगहरु मध्ये स्तन एक प्रमुख अंग हो । शरीरको बनावट अनुसार महिलाहरुका स्तनका साइज हुन्छन जसले उनीहरुलाई सुन्दर देखाउछन ।

महिलाहरुको अन्य अङ्गको तुलनामा स्तनको चर्चा धेरै हुने गरेको पाइन्छ । स्वयम् महिलाहरु पनि आफ्नो स्तनको आकारप्रति अत्यधिक सचेत हुन्छन् । उनीहरु आफ्नो स्तनको आकार ठूलो वा सानो भयो भनेर निकै नै चिन्ता र चासो व्यक्त गरिरहेको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार केही महिलाहरु आफ्नो स्तनको आकार सानो भयो भनेर निक्कै तनावमा हुन्छन् । तर सानो स्तन भएर बेफाइदा भन्दा पनि फाइदा नै हुन्छ ।

साना स्तन हुनुका फाइदाहरु :

-साना स्तन हुनेहरुलाई बुब्स लिफ्टिङ टेप वा यस्तै स्तनलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन ।

– तपाई लोकट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ । ‘क्लिवेज लुकको लागि पनि तपाईले कुनै चिन्ता लिनु पर्ने हुँदैन ।

-सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्तन हुने तपाईले छेडछाड वा हिंसाको सिकार कम हुनु पर्दछ । प्राय जसो ठूला स्तन हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पिडित हुने गरेको अध्ययनले देखाएको छ ।

-तपाई ठूला स्तन भएकी महिला भन्दा केही छिटो छरितो गर्न सक्नुहुन्छ, भिडभाड अथवा अकालो ओरालो गदर्मा तपाईलमाई झण्झट नहुन सक्छ ।

-तपाई ठूला स्तन हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्तन हुने महिलाको तुलनामा ठूला स्तन हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन् ।

-ठूला स्तन हुने अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ तर साना स्तन हुने महिलाले यो दर्द कम मात्रै अनुभव गर्न पाउँछन् ।

-स्तन सानो भएमा तपाई ब्रा नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ । ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन ।

-स्तन सानो भएमा स्तन धेरै गिला हुने र झोलिने अथवा हल्लिने चिन्ता हुँदैन ।

– ठूला स्तन हुने महिलाको तुलनामा साना स्तन हुने महिलाहरु कपडाको छनौटमा कम सचेत बन्दा पनि हुन्छ ।

स्तनलाई कसरी आकर्षक बनाउने ?

जबकी महिला सौन्दर्यकै एक हिस्सा हो स्तन । त्यसैले अनाकर्षक स्तनले समग्र सौन्दर्यमा असर गर्छ । गर्भावस्था, हर्मोनको उतारचढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो ।

यद्यपि स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले विभिन्न विधि अपनाउने गरिन्छ । कृतिम तरिकाले पनि स्तन सुडौल बनाउन सकिन्छ । सर्जिकल विकल्प पनि उपलब्ध छ । यद्यपी सबैभन्दा राम्रो विकल्प हो, प्राकृतिक तरिका । प्राकृतिक विधीबाट स्तन सुडौल बनाउन सकिन्छ यो प्रभावकारी पनि हुन्छ ।

उन्नत र पुष्ट स्तनका लागि स्वास्थ्य पनि राम्रो हुनुपर्छ । शरीरलाई सहि पोश्चरमा राख्नुपर्छ । पोष्टिक भोजन नियमिन रुपले लिनुपर्छ । पुरा निन्द्रा लिनुपर्छ । मानसिक रुपले शान्त रहेर खुसी हुने प्रयास गर्नुपर्छ । यसका साथै हातले गर्ने काम गर्नुपर्छ, जसले स्तनको व्यायाम हुन्छ । स्तनको मसाज गर्नुपर्छ । यसले अविकसित वा सिथिल स्तन पुष्ट हुन्छ ।

स्तनलाई आकर्षक बनाउनका लागि केहि व्यायाम वा योगासन हुन्छ । त्यस्ता व्यायामलाई विधिपूर्वक अभ्यास गर्नुपर्छ । पुशअप जस्ता व्यायामले छाती कसिलो र आकर्षक बनाउन सकिन्छ । यससँगै उचित साइजको ब्रा लगाउनुपर्छ । ब्रा को साइज सही हुनुपर्छ । जगिङ जस्तो व्यायाम गर्दा स्तन झोलिने हुन्छ यस्तो बेला स्पोर्ट्स -ब्रा लगाउनुपर्छ ।

स्तन कसरी मसाज गर्ने ?

– एउटा हातको हत्केला स्तनको तल राख्ने । स्तनलाई हातमा राख्न दिने र अर्को हातलाई स्तनको माथि राखि दुबै हातले गोलाकार घुमाउँदै माथिको हात तल र तलको हात माथि राखेर मालिस गर्ने ।

कसरी रोक्ने सिथिलता ?

यसका लागि प्राकृतिक उपाय छ । जस्तो कि, योग, व्यायाम, मसाज । स्तनलाई सुडौल बनाउने आफ्नै किसिमको व्यायाम हुन्छ ।

१. व्यायाम गर्नुअघि स्पोर्टस् -ब्रा लगाउनुपर्छ, जसले प्रत्येक जम्प वा स्टेपमा स्तनलाई कसिलो बनाउँछ ।

२. पिठ्युको बलले सुत्नुपर्छ, यसले स्तनको मांसपेशीलाई लाई कसिलो बनाइराख्छ ।

३. शरीरको मोटोपन घटबढ, हर्मोनल परिवर्तन आदि कारणले स्तन ठूलो वा सानो हुनसक्छ । त्यसैले यस्तो अवस्थामा सहि किसिमको ब्रा लगाउनुपर्छ ।

४. स्तनमा चिसो पानी अर्थात बरफले र गड्नुपर्छ, जसले यसलाई सिथिल हुनबाट बचाउँछ ।

५. छातीको मांसपेशीलाई बलियो बनाउनुपर्छ । यसका लागि पुशअप राम्रो उपाय हो । नियमित रुपले पुशअप गरौं । सुरुमा धिमा गतिमा र विस्तारै तिव्र गतिमा पुशअप गर्नुपर्छ ।

६. उत्तानो परेर सुत्ने । दुबै हातमा डेढदेखि पाँच किलोसम्मको तौल (भार) लिएर उठाउने र राख्ने अभ्यास गरौं । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया