श्रावण ५, २०८३ मंगलबार July 21, 2026

विदेशीलाई नागरिकता र राहदानी अधिकृत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: ५ वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौँको गठ्ठाघरबाट शनिबार पक्राउ गरी झापा ल्याएको छ । आज उहाँलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता काण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड–८ का वडासचिव लोकराज बराल एक वर्षअघि पक्राउ परिसकेका छन् भने विर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर–१० का भीमबहादुर लिम्बूसमेत पहिल्यै पक्राउ परेका थिए ।

पक्राउमध्ये कतिपय धरौटीमा छुटिसकेका पनि छन् । भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी, विर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेल, अर्का अधिकृत चुडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, सुब्बा नायब मेघराज निरौला, भद्रपुर–९ का वडा सचिव अरुणा भट्टराई, बाहुनडाँगी गाविसका तत्कालीन सचिव भवकृष्ण न्यौपानेलगायतका अभियुक्त अझै फरार छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार