कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

वायुसेवा निगमका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैेः नेपाल वायुसेवा निगमका तीन जना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा संलग्न नेपाल एयरलाइन्सका क्याप्टेनसहित चालक दलका सदस्यलै कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । नियमित उडानमा सहभागी एयरलाइन्सका क्याप्टेनसहित चालक दलका १४ जनामा कोरोना पुष्टि भएपछि चालक दलका अन्य सदस्यको पनि पीसीआर परीक्षणको तयारी गरिएको छ । उनीहरुलाई कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल गर्ने तयारी गरिएको छ ।

नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेको स्रोतले बताएको छ । उनीहरु होटल सोल्टीका कर्मचारीहरुसँग नियमित सम्पर्कमा रहेको हुँदा होटलका कर्मचारीहरुमा समेत कोरोना संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकार पक्राउ गर्ने कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : प्रदीप पौडेल
२०८३ कार्तिक १३, शुक्रबार
मिडिया हाउसमा प्रहरी हस्तक्षेपप्रति एमाले नेता ज्ञवालीको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल
२०८३ कार्तिक १३, शुक्रबार
फतुवा विजयपुरका निलम्बित मेयर यादव कांग्रेस छाडेर जसपा प्रवेश
२०८३ कार्तिक १३, शुक्रबार
पत्रकार पक्राउप्रति प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण, तत्काल रिहा गर्न निर्देशन
२०८३ कार्तिक १३, शुक्रबार
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार