मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बाइडेन र ह्यारिसले गाजा बन्धक सम्झौतामा अमेरिकी वार्ता दललाई भेट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
वासिङ्टन । गाजामा एक अमेरिकी नागरिकसहित छ बन्धकको मृत्यु भएपछि राष्ट्रपति जो बाइडेनले सोमबार अमेरिकी वार्ताकारहरूसँग इजरायल–हमास युद्धमा बन्धकहरूको रिहाइको सम्झौताका लागि जोड दिनुहुने ह्वाइट हाउसले बताएको छ ।
ह्वाइट हाउसको बैठकका लागि समय निकाल्न बाइडेनको आधिकारिक कार्यक्रमलाई संशोधन गरिएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनुहुनेछ । उपराष्ट्रपति ह्यारिसले नोभेम्बरको राष्ट्रपति निर्वाचनमा बाइडेनको उत्तराधिकारी हुन उम्मेदवारी दिनुभएको छ ।
बाइडेन र ह्यारिसले सोमबार अमेरिकी नागरिक हर्श गोल्डबर्ग–पोलिन र अन्य पाँच बन्धकको शनिबार हमासले हत्या गरेपछि अमेरिकी बन्धक सम्झौतामा वार्ता गर्ने टोलीसँग भेट गर्ने र बाँकी बन्धकको रिहाइका लागि सुरक्षित सम्झौतातर्फ अगाडि बढ्ने प्रयासबारे छलफल गर्ने बाइडेनको अद्यावधिक कार्यक्रमको घोषणा गर्दै एक विज्ञप्तिमा बताइएको छ ।
संयुक्त राज्य अमेरिकाले साथी मध्यस्थकर्ताहरू इजिप्ट र कतारसँग गाजा युद्धमा बन्धक–कैदीहरूको आदानप्रदान तथा युद्धविरामका लागि महिनौँ बिताएका छन् ।
नोभेम्बरमा एक साताको युद्ध विराममा सयौँ बन्धकलाई रिहा गरिएको थियो । प्रचारक र परिवारका सदस्यहरूले बाँकी बन्धकको फिर्ती सुनिश्चित गर्न अर्को सम्झौता सबैभन्दा राम्रो विकल्प हुने विश्वास व्यक्त गरेका छन् ।
बाँकी बन्धकहरूको रिहाइ सुनिश्चित गर्न इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको सरकारमाथि दबाब बढाउने उद्देश्यले इजरायलमा राष्ट्रव्यापी हडताल सोमबार हुने भएको थियो ।
बन्धकका आफन्त र अधिवक्ताहरूले नेतान्याहु प्रशासनमाथि बन्दीहरूलाई जीवित फर्काउनका लागि पर्याप्त कदम नचालेको आरोप लगाएका छन् । साथै उनीहरूले बाँकी मानिसलाई बचाउन तत्काल युद्ध विरामको आह्वान गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार