चैत्र १४, २०८१ बिहिबार March 27, 2025

डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता

घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

याङ्गुन, भदौ १९ गते । लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित  ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताको मृत्यु भएको आशङ्का गरिएको अधिकारीले बुधबार बताएका छन् ।

थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा  ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति ड्ङ्गा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको उहाँले बताउनुभएको छ ।

म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुङ्गा लाओसबाट म्यान्मा जाँदैगर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो । सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले पानीबाट दुर्घटनामा परेका मानिसलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले  बताउनुभएको छ ।

घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो । एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटल रहेको स्थान हो । रासस–एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ: महासचिव पोखरेल
२०८१ चैत्र १३, बुधबार
बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा
२०८१ चैत्र १३, बुधबार
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार