मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रूसी कब्जामा

रूसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको  नजिकै अघि बढिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, भदौ २३ गते । रूसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रूसी सेना रणनीतिक शहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ ।

सेनाले पोक्रोभ्स्क शहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

रूसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको  नजिकै अघि बढिरहेका छन् ।

अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताउनुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार