मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तानमा छ सांसद पक्राउ

गत साता पारित शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐन, २०२४ को उल्लङ्घन गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद, भदौ २५ गते । जेलमा रहनुभएका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका छ पाकिस्तानी सांसदसहित ३० जनाभन्दा धेरैलाई विरोध प्रदर्शनमा रोक लगाउने नयाँ कानूनअन्तर्गत मङ्गलबार हिरासतमा राखिएको छ ।

खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताउनुभएको छ ।

सांसदहरू इस्लामाबादमा आतङ्कवादविरोधी अदालतमा प्रस्तुत भएको र एक न्यायाधीशले उहाँहरूलाई आठ दिनका लागि हिरासतमा पठाएका छन् । अदालतमा एएफपीले प्राप्त गरेको आरोपपत्रअनुसार उहाँहरूमाथि गत साता पारित शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐन, २०२४ को उल्लङ्घन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा हिरासतमा पठाउने कूल ३४ जनाको नाम राखिएको थियो ।

आइतबारको जुलुसपछि ‘अधिकारीहरूमाथि आक्रमण’, ‘सशस्त्र दङ्गा’, र ‘गैरकानूनी सभा’ का बारेमा प्रहरी उजुरीको सामना गर्ने सांसदहरूसँग अदालतमा प्रस्तुत हुनुभएका पिटिआई नेता एवं वरिष्ठ वकिल मुहम्मद शोएब शाहिनलाई पनि हिरासतमा पठाइएको छ ।

“मलाई साँझ करिब साढे सात बजे मेरो कार्यालयबाट लगियो”, उहाँले भन्नुभयो, “यस्ता सानातिना अवरोधले हामीलाई रोक्न सक्तैन, हामी इमरान खानको सिपाही हौँ र उहाँसँगै उभिएका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार