मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लिमा, २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ ।

“क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बुधबार एएफपीलाई बताएको थियो ।

लिमाको मिराफ्लोरेस जिल्लाको एक क्लिनिकबाट निस्कँदै गर्दा उनलाई अन्तिम पटक बिहीबार सार्वजनिक रूपमा देखिएको थियो।

सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो।

उनले पेरूको शाइनिंग पाथ र टुपाक अमारु वामपन्थी विद्रोही विरुद्धको युद्धमा सरकारी सेना शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी आन्दोलनलाई दबाउने भूमिकाका लागि समर्थकले उनलाई एक सफल राजनीतिज्ञका रूपमा सम्झिने गर्छन् भने पेरुका शाइनिङ पाथ र टुपाक अमारु वामपन्थी विद्रोहीले उनलाई एक निरङ्कुश शासकको रूपमा हेर्ने गर्छन् ।

सरकारी सत्यनिरूपण आयोगका अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा ६९ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २१ हजार बेपत्ता भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार