मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

मा अमेरिकी नागरिक हुन् र उनको जन्म हङकङमा भएको थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेका छन् । यसपछि उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए ।

मा अमेरिकी नागरिक हुन् र उनको जन्म हङकङमा भएको थियो । उनले सिआईएमा र त्यसपछि एफबिआईमा १९८२ र १९८९ को बीचमा काम गरेका थिए । सम्झौताको एक भागको रूपमा दायर गरिएको उनको निवेदनमा, उनले आफ्नो बाँकी जीवन अभियोजन पक्षलाई सहयोग गर्ने वाचा गरेका थिए, जसमा सरकारी एजेन्सीहरूका प्रश्नहरूको जवाफ समावेश थियो ।

उक्त सजायमाथि बुधबार बहस भएको थियो, जसमा अमेरिकी सरकारका तर्फबाट उपस्थित वकिलहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए । अधिकारीहरूले माले एक आफन्तसँग षड्यन्त्र गरे जो एक सीआईए एजेन्ट थिए र सांघाई राज्य सुरक्षा ब्यूरोमा गुप्तचर अधिकारीहरूलाई गोप्य जानकारी दिए ।

संघीय अभियोजकहरूले हङकङमा भएको बैठकको क्रममा रेकर्ड गरिएको भिडियोले माले गोप्य जानकारीको बदलामा प्राप्त गरेको ५० हजार डलर नगद गणना गरेको देखाउँदछ ।

हवाईमा रहँदा उनी सन् २००४ मा एफबीआईमा भर्ना भए । एफबीआईलाई उनको गतिविधिमा पहिले नै शंका थियो । अभियोजकहरूले उनीहरूलाई अनुगमन गर्नका लागि काममा राखिएको बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार ती आफन्त अरू कोही नभई मृत्यु भएका माका भाइ थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार