श्रावण ३, २०८२ शनिबार July 19, 2025

साङ्घाईमा बेबिन्का आँधी

‘बेबिन्का’ का कारण साङ्घाईमा उडानहरू रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साङ्घाई, भदौ ३१ गते । चीनमा आएको यस वर्षको १३ औं आँधी ‘बेबिन्का’ सोमबार बिहान ७ः३० बजे साङ्घाईमा अवतरण गरेको छ ।

साङ्घाई केन्द्रीय मौसम विज्ञान वेधशालाका अनुसार आँधीको केन्द्र नजिकै पुदोङ जिल्लाको लिङ्गाङ क्षेत्रको समुद्री किनारमा अवतरण भएको छ । साङ्घाइमा अवतरण गर्ने समयमा आँधीको अधिकतम शक्ति ४२ मिटर प्रति सेकेण्डसम्म पुगेको बताइएको छ ।

साङ्घाईमा ७५ वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी मानिएको ‘बेबिन्का’ का कारण व्यापक हावाहुरीसहित मुसलधारे वर्षा भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरमा आँधीका कारण रूखहरु ढलेको र बत्तीका खम्बाहरु ढलेको देखिएको छ । मध्य–शरद ऋतु पर्वको तीनदिने बिदाको सोमबार दोस्रो दिन हो । साङ्घाईका अधिकारीहरूले त्यहाँका बासिन्दालाई अति आवश्यक नपरेसम्म घरभित्रै बस्न सल्लाह दिएका छन् ।

चीनको मौसमविज्ञान प्रशासनको ‘साङ्घाई टाइफून इन्स्टिच्युट’का उपप्रमुख ताङ जीले आँधीको प्रभाव सोमबार रातीसम्म तीव्र रहने बताउनुभयो ।

राज्यको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले आइतबार पूर्वी चीनको अनहुई प्रान्तका लागि चौथो तहको आपतकालीन प्रतिक्रिया सक्रिय पारेको छ भने साङ्घाई र झेजियाङमा प्रतिकार्यलाई तेस्रो तहमा पुर्‍याएको छ ।

‘बेबिन्का’ का कारण साङ्घाईमा उडानहरू रद्द भएका छन् शहरका यात्रुबाहक पानीजहाजको आवागमनलाई रोकिएको छ । साङ्घाई रेलवे स्टेसनले पनि आइतबारदेखि सोमबारसम्म शहर भएर जाने विभिन्न रुटमा यात्रुवाहक रेल सेवा बन्द गरेको छ ।

“साङ्घाई डिज्नील्याण्ड, डिज्नीटाउन र विशिङ स्टार पार्क सोमबार बन्द छन् र दुई रिसोर्ट होटलले आन्तरिक पाहुनालाई सेवा प्रदान गरिरहेका छन्,” साङ्घाई डिज्नी रिसोर्टले एक विज्ञप्ति जारी गरी दिएको जानकारीमा भनिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार