असार २३, २०८२ सोमबार July 7, 2025

सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा सीमा तोक्योः एक ब्यक्तिको नाम २ वटा मात्रै सिम लिन पाउने नयाँ ब्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अव एक ब्यक्तिको नाम २ वटा मात्रै मोवाईल सिम लिन पाउने ब्यवस्था गर्ने तयारी गरेको छ  । सरकारले मोवाईल सेवा प्रदायक कम्पनीहरुलाई पत्राचार गरी उक्त ब्यवस्था लागू गर्न आग्रह गरेको हो । यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन ।

मोवाईल सिमको प्रयोग गरी अपराध गर्ने काम अत्याधिक बढेपछि सरकारले मोवाईल सेवा प्रदायकहरुलाई उक्त निर्देशन दिएको बताइएको छ । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई–दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउने भएका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन दिएको छ ।

प्रवक्ता मिनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार